नेपाल प्रहरीमा ६ एआईजीको दरबन्दी रिक्त

२०८१ चैत्र ५, मंगलवार

काठमाडौं : नेपाल प्रहरीमा अतिरिक्त महानिरीक्षक (एआईजी)का ६ दरबन्दी रिक्त भएका छन् ।

सोमबार राति १२ बजेबाट एआईजीहरु टेकप्रसाद राई, दुर्गा सिंह, बुद्धिराज गुरुङ, कुवेर कडायत र जनक भट्टराई ३० वर्षे सेवा अवधिका कारण अवकाशमा गए । उनीहरु अवकाशमा गएपछि पाँच एआईजीको पद रिक्त भयो । उनीहरुसँगै प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवर पनि अवकाशमा गएका थिए । रिक्त आईजी पदमा एआईजी दीपक थापाको बढुवा भयो । थापाको ठाउँमा समेत एआईजी खाली भएसँगै प्रहरीमा रिक्त एआईजीको संख्या ६ पुगेको छ ।

प्रहरीमा जनपदतर्फ ८ एआईजीको दरबन्दी छ । जसमा अहिले दुई एआईजी मात्रै छन् । आईजीकै प्रतिस्पर्धामा रहेका टेकबहादुर तामाङले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको कमाण्ड गरिहरेका छन् । अर्का एआईजी सुदीप गिरीले प्रहरी एकेडेमी (राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठना)को कमाण्ड गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार