कांग्रेस प्रमुख सचेतक घिमिरेले संसदमा मागे माफी

२०८१ चैत्र ६, बुधबार

काठमाडौँ : प्रतिनिधि सभा बैठकमा नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्छ भनेर धारणा राखेका नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले माफी मागेका छन्।

बुधबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले माफी मागेका हुन्। आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै प्रमुख सचेतक घिमिरेले नेपालमा यौन व्यवसायलाई कानुनी मान्यता दिनुपर्ने बताएका थिए। मनोरञ्जन क्षेत्रलाई पनि प्राथमिकता दिनसके अर्थतन्त्र पनि सहयोग पुग्ने उनको दाबी थियो। उनले उक्त धारणा पार्टी र संसदीय दलको नभई व्यक्तिगत धारणा भएको समेत बताए।

उनले भने, ‘चैत ३ गते सभाको विषेश समयमा राखेको धारणहरु मेरा व्यक्तिगत धारणाहरु हुन्। यो धारणा नेपाली कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा पनि होइन। यी विचारहरुले सम्मानित सदनका सदस्यहरु र आम नागरिकमा नकारात्मक प्रभाव प्रभाव परेको भए उनको सम्मान गर्दै क्षमा याचना गर्दछु।’

आफ्नो विचारले सदनका सदस्य र आम नागरिकमा समेत नकात्मक प्रभाव परेको भन्दै क्षमायाचना गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार