काठमाडौँ : जीवन विकास लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुख मृत फेला परेका छन् ।
मोरङको उर्लाबारी–७ का शाखा प्रमुख भुपेन्द्रकुमार साह झुन्डिएको अवस्थामा मृत भेटिएका हुन् । चैत ६ गते शाखा प्रमुख ३२ वर्षीय साह कार्यालयमै मृत भेटिएका हुन् । मोरङको झुर्किया घर भएका उनी गत मंसिर २ गतेदेखि उर्लाबारी शाखामा कार्यरत रहेको बुझिएको छ ।
प्रहरीले सो घटनाको अनुसन्धान गरी रहेको कम्पनीका प्रवक्ता सुदीप कुमार मण्डलले जानकारी दिए ।





