मधेशका मुख्यमन्त्री सिंह र उत्तर प्रदेशका मुख्यमन्त्री योगीबीच भेटवार्ता

२०८१ चैत्र ८, शुक्रबार

जनकपुरधाम : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीबीच भेटवार्ता भएको छ ।

बिहीबार दिउँसो ४ बजेतिर कपिलवस्तु स्थित सीमा पारी बलरामपुरमा मुख्यमन्त्री योगीसंग भेटवार्ता भएको मुख्यमन्त्री सिंहले बताए । पूर्व निर्धारित कार्यक्रम नभएपनि बलरामपुर स्थित भगवती मठेश्वर मन्दिरको दर्शनको लागि पुग्दा मुख्यमन्त्री योगीसँग भेटघाटको अवसर जुडेको उनले बताए ।भेटवार्ताको क्रममा आदित्यनाथ योगीले जनकपुर र अयोध्याको पुरानो सम्बन्ध रहेको र अझ मजबुत बनाउन चाहेको बताएको बताए ।

रामायण सर्किटसहित पर्यटन प्रवर्द्धनको आर्थिक करिडोर बनाउन उत्तर प्रदेश सरकार सम्पूर्ण सहयोग गर्न तयार रहेको प्रतिबद्धता समेत गरेनो उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

ताजा समाचार