औरही गाउँपालिका अध्यक्ष यादवलाई पक्राउ गर्न सांसद विश्वकर्माको माग

२०८१ चैत्र ८, शुक्रबार

काठमाडौँ : सांसदहरूले सिरहाको औरही गाउँपालिका अध्यक्ष शिवजी यादवलाई पक्राउ गर्न माग गरेका छन् ।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसदहरूले दलित भएकै कारण घरमा डोजर लगाएर विस्थापित गर्ने जस्तो कार्यमा संलग्न भएको भन्दै यादवमाथि कारबाहीको माग गरेका हुन् । ‘गाउँपालिकाका अध्यक्ष सहितका दोषीलाई नियन्त्रणमा लिएर कारबाही गरियोस् । पीडितलाई क्षतिपूर्ति दिइयोस्’ सांसद तुलप्रसाद विश्वकर्माले भने ।

सांसदहरू गोमादेवी तिमिल्सिना, जयन्तीदेवी राई लगायतले पनि औरही ५ को घटनाप्रति सरकारको ध्यानाकर्षण गरेका छन् । यो घटनाको विषयमा गृहमन्त्री रमेश लेखकको जवाफ माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार