विश्वकप-२०२६ मा छनोट हुने पहिलो राष्ट्र बन्यो जापान

२०८१ चैत्र ८, शुक्रबार

काठमाडौं : सन् २०२६ को विश्वकप फुटबलमा छनोट हुने जापान पहिलो राष्ट्र बनेको छ। बिहीबार बहराइनलाई २–० ले हराउँदै जापानले विश्वकपमा स्थान पक्का गरेको हो।

दोस्रो हाफमा क्रिस्टल प्यालेसका दाइची कामाडा र रियल सोसिडाडका टेकफुसा कुबोले गोल गरेपछि जापानले एसिया छनोटमा तीन खेल बाँकी रहँदै आफूलाई विश्वकपमा सुरक्षित गरेको हो।

क्यानडा, मेक्सिको र अमेरिकाले आयोजकका रूपमा अर्को वर्ष हुने विश्वकप खेल्नेछन्। तर छनोट खेल पार गर्ने देश भने जापान नै पहिलो हो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार