आईपीएल २०२५ : हैदरावादसँग राजस्थान ४४ रनले पराजित

२०८१ चैत्र १०, आईतवार

काठमाडौं : ईन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदरावादले विजयी सुरुवात गरेको छ ।

घरेलु मैदानमा आइतबार उसले आफ्नो पहिलो खेलमा राजस्थान रोयल्सलाई ४४ रनले पराजित गर्यो । २८७ रनको विशाल लक्ष्य पछ्याएको राजस्थानले निर्धारित ओभरमा ६ विकेट गुमाएर २४२ रनमात्र बनाउन सक्यो । उसका लागि ध्रुव जुरेलले मात्र ३५ बलमा ७० रनको विष्फोटक पारी खेले ।

सन्जु सामसन ६६ रनमा आउट हुँदा शुभम दुबेले नटआउ६ ३४ र सिमरन हेट्मेयरले ४२ रन बनाए ।  छैठौं विकेटका लागि उनीहरुले मात्र ३३ बलमा ८० रनको साझेदारी गरेपनि जित भने दिलाउन सकेनन् । यसअघि पहिला ब्याटिङ गरेको हैदरावाले निर्धारित ओभरमा ६ विकेट गुमाएर २८६ रनको विशाल योगफल तयार पारेको थियो ।

हैदरावादका लागि इशाल किशानले ४७ बलमा नटआउट १०६ रन बनाए । ट्रेभिस हेडले ६७ रन जोडे । तुशार देशपाण्डेले ३ र महीश थिक्सानाले २ विकेट लिएपनि हैदरावादको विष्फोटक इनिङ्स रोक्न सकेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

ताजा समाचार