काठमाडौं : नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले अबको दुई हप्ताभित्र नतिजा आउने गरी काम गर्ने घोषणा गरेका छन्।
मंगलबार प्राधिकरणमा पदबहाली गरेसँगै पत्रकारहरूसँग कुरा गर्दै शाक्यले लोडसेडिङ हुने हल्लाको पछि नलाग्न पनि आग्रह गरेका हुन्। ‘केही मानिसहरूले लोडसेडिङ हुन्छ भन्ने हल्ला चलाएका छन् । त्यो निराधार हो । अब घरायसी ग्राहककहाँ लोडसेडिङ हुँदैन,’ उनले भने, ‘उद्योगमा लोडसेडिङ छ, त्यो पनि हटाउँछु ।’





