प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

२०८१ चैत्र १३, बुधबार

काठमाडौं : आज प्रतिनिधि सभाको बैठक बस्दै छ। संघीय संसद सचिवालयका अनुसार बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने छ।

आजको बैठकमा ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने छ। साथै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियाले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘नेपाल कानुन व्यवसायी परिषद (दोस्रो संसोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन्।

सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य व्यवस्था समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको संवैधानिक परिषद्‌ (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने संवैधानिक परिषद्‌ (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाइ पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरिने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार