ईभी कारको ठक्करबाट वडा सदस्य पाठकको मृत्यु

२०८१ चैत्र १३, बुधबार

बुटवल : भैरहवा–बुटवल सडकखण्डको कालिका नगरमा कारले ठक्कर दिंदा एक वडा सदस्यका मृत्यु भएको छ।

भैरहवाबाट बुटवलतर्फ गईरहेको बा.प्र. ०१–०३१–च५००२ नम्बरको ईभी कारको ठक्करबाट सोही दिशातर्फ गइरहेको लु ३६ प ८४४० नम्बरको मोटरसाइकल चालक ६० वर्षीय खेमराज पाठकको मृत्यु भएको हो । उनी तिलोत्तमा नगरपालिका–२ का वडा सदस्य हुन् ।

इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज खत्रीका अनुसार मोटरसाइकलले कारलाई ओभरटेक गर्ने क्रममा मोटरसाइकल दुर्घटनामा परेको थियो । मोटरसाइकल चालकलाई तत्काल उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरी निरीक्षक खत्रीले बताए ।

घटनापछि कार चालक र कार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार