भृकुटीमण्डपको सभालाई शीर्ष चार नेताले मात्र सम्बोधन गर्ने

२०८१ चैत्र १५, शुक्रबार

काठमाडौँ : भृकुटीमण्डपमा हुने सभालाई समाजवादी मोर्चा आवद्ध चार दलका शीर्ष नेताले मात्रै सम्बोधन गर्ने भएका छन् ।

सभालाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले मात्र सम्बोधन गर्ने भएका हुन् ।

धेरै नेताले सम्बोधन गर्दा सभा लामो हुने भएकाले चार जनामात्र वक्ता राखिएको नेताहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार