तीनकुनेमा राजावादीले गरे स्थानीयको घर तोडफोड र आगजनी

२०८१ चैत्र १५, शुक्रबार

काठमाडौँ : काठमाडौंको तीनकुनेमा राजावादीहरूले स्थानीयको घर तोडफोड गरेका छन्। तीनकुनेमा प्रदर्शन गर्न पुगेका राजावादीहरूले निषेधित क्षेत्र तोड्न थालेपछि प्रहरीले पानीको फोहोरा, अश्रुग्याँस प्रहार गरेको थियो।

तीनकुनेका तीन जना स्थानीयका घरमा तोडफोड भएको छ। ती घरमा बसेर प्रहरीले अश्रुग्याँस प्रहार गरेको भन्दै प्रदर्शनकारीहरूले ती घर तोडफोड गरेका हुन्। ती घरका घरधनीहरू को-को हुन् खुलिसकेको छैन भने तोडफोडमा संलग्नको पनि पहिचान भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार