सिटिजन लाइफको आठौं साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

२०८१ चैत्र १५, शुक्रबार

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

सभा काठमाण्डौको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो। सभाले चुक्ता पूँजीको २६.९८४१२६९८ प्रतिशत बोनस शेयर र १.४२०२२ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ।

त्यस्तै बोनस शेयर बाँडेपछि चुक्ता पूँजी ५ अर्ब पुग्ने भएकाले सोही बमोजिम कम्पनीको प्रबन्धपत्र संशोधन गर्ने, खर्च अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित भएको छ। त्यसैगरी सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषयपनि सभाले टुङ्ग्याएको छ।

सभा प्रयोजनार्थ सिटिजन लाइफले फागुन २८ गते बुक क्लोज गरेको थियो। यसर्थ फागुन २७ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्न सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार