राजावादीले जलाए रास्वपाका प्रमुख सचेतक परियारको गाडी

२०८१ चैत्र १५, शुक्रबार

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रमुख सचेतक सन्तोष परियारको गाडी जलेको छ ।

परियार शुक्रबार दिनभर संसदको कामकारबाहीमा संलग्न थिए । बेलुकी भक्तपुरस्थित घर फर्किँदै थिए । कफ्यु छल्न उनी भित्री बाटो प्रयोग गरेर भक्तपुर जाँदै थिए । बालकुमारीस्थित सिसिआरसी कलेज अगाडि पुगेपछि राजावादी प्रदर्शनमा संलग्न भएका व्यक्तिहरूले रोकेर जलाइ दिएका हुन् ।

परियारलाई गाडीबाट निकालेर राजावादी प्रदर्शनमा संलग्न युवाहरूले परियार चढ्दै आएको १३८२ नम्बरको गाडी जलाइ दिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

ताजा समाचार