कार दुर्घटनामा डीसीपीको मृत्यु

२०८१ चैत्र १६, शनिबार

काठमाडौं : मुम्बई पोर्ट जोनका पुलिस उपायुक्त (डीसीपी) सुधाकर पठारे र अर्का एक व्यक्तिको शनिबार दिउँसो तेलंगानाको नगरकुर्नूलमा सडक दुर्घटनामा मृत्यु भएको छ।

२०१० ब्याचका भारतीय प्रहरी सेवाका अधिकृत पठारे र अर्का मृतक टोयोटा इनोभामा यात्रा गर्दै थिए, उनीहरू चढेको गाडी बससँग ठोक्किएको समाचारहरूमा जनाइएको छ । पठारे मध्य क्यारियर प्रशिक्षण कार्यक्रममा भाग लिन हैदराबादमा थिए । उनी मन्दिर दर्शनका लागि श्रीशैलम (नंदयाल जिल्ला) जाँदै गर्दा दुर्घटना परेका भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

दुर्घटनामा घाइते भएका उनलाई नजिकैको अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए । उक्त घटनाबारे मुम्बई पुलिसले पनि विज्ञप्ति निकालेर जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार