काठमाडौँ : प्रहरीले शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्कासहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले उनलाई शनिबार साँझ राजधानीको बालुवाटार क्षेत्रबाट पक्राउ गरेको हो ।
प्रहरीले सन्तोष राजावादीलाई पनि पक्राउ गरेको छ । शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा भएको प्रदर्शन हिंसात्मक बनाउन भूमिका खेलेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकारीले जानकारी दिए ।
यसअघि प्रहरीले सोही घटनामा १११ जनालाई पक्राउ गरिसकेको छ । तीनकुने घटनामा हालसम्म प्रहरी हिरातमा पुग्नेको कुल संख्या ११३ रहेको छ ।





