बाघको आक्रमणबाट बालकको मृत्यु

२०८१ चैत्र १८, सोमबार

धनगढी : बाजुरामा बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ ।

आइतबार खप्तडछेडेदह गाउँपालिका-३ धुरतोलाका ८ वर्षीय बालक विजय रावतलाई घरदेखि करिब दुई किलोमिटर टाढा रहेको गोठको आगनमा बाघले आक्रमण गरेको थियो । रावतलाई आगन नजिकै रहेको पानीधारामा बाघले आक्रमण गरेकोमा करिब डेढ सय मिटर पर पुगाएर छाडेको थियो ।

रावतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार