आइपीएल २०२५ : मुम्बईसँग कोलकाता ८ विकेटले पराजित

२०८१ चैत्र १९, मंगलवार

काठमाडौं : इन्डियन प्रिमियर लिग (आइपीएल) २०२५ को १२औँ खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई आठ विकेटले पराजित गरेको छ ।

मुम्बईस्थित वानखेडे अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हिजो भएको खेलमा मुम्बईले कोलकातालाई आठ विकेटले हराएको हो । आईपीएलको पहिलो खेल खेल्दै गरेका अश्वनीले ४ विकेट लिएपछि कोलकाता ११६ रनमै अलआउट भएको थियो । ११७ रनको लक्ष्य मुम्बईले १२.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो ।

ओपनर रायन रिकेल्टनले अविजित अर्धशतक बनाए । उनी ६२ रनमा अविजित रहे । सुर्यकुमार यादव २७ रनमा अविजित रहे । विल ज्याक्सले १६ तथा रोहित शर्माले १३ रन बनाए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले १६.२ ओभरमै अलआउट हुँदै ११६ रन बनाएको थियो । अंकृश रघुवंशीले सर्वाधिक २६ तथा रमनदीप सिंहले २२ रन बनाए । मनिष पाण्डेले १९ तथा रिंकु सिंहले १७ रन बनाए ।

मुम्बईका अश्वनीले ३ ओभरमा २४ रन दिएर ४ विकेट लिए । दीपक चहरले २ तथा ट्रेन्ट बोल्ट र कप्तान हार्दिक पाण्ड्याले १-१ विकेट लिए । पहिलो जितसँगै मुम्बईले ३ खेलमा २ अंक जोड्दै अंकतालिकामा छैटौं स्थानमा उक्लिएको छ भने कोलकाता पनि समान खेलबाट समान अंकसहित नेटरनरेटका आधारमा पुछारमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार