मुगुको रारा बहुमुखी क्याम्पसमा नेविसंघकी रावल विजयी

२०८१ चैत्र १९, मंगलवार

काठमाडौं : मुगु जिल्लामा रहेको रारा बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को अध्यक्ष पदमा नेपाल विद्यार्थी संघकी जयलक्ष्मी रावल विजयी भएकी छन्।

मध्यपश्चिम विश्वविद्यलालयअन्तर्गत सोमबार भएको चुनावमा निकटतम् प्रतिद्वन्द्वी अनेरास्ववियु र अखिल क्रान्तिकारीका साझा उम्मेदवार रविन मल्ललाई हराउँदै जयलक्ष्मी स्ववियु अध्यक्ष निर्वाचित भएकी हुन्। रावलले ७३ मत प्राप्त गरी विजयी हुँदा मल्लले ४८ मत ल्याए।

अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार सुशीलकुमार मल्लले भने १७ मत मात्र पाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार