भारतमा दुई मालवाहक रेल आपसमा ठोक्किँदा दुई चालकको मृत्यु

२०८१ चैत्र १९, मंगलवार

काठमाडौँ : भारतको झारखण्डमा दुई मालवाहक रेलहरू एकआपसमा ठोक्किएका छन्। समाचार एजेन्सी पीटीआईका अनुसार यो दुर्घटना झारखण्डको साहिबगंजमा भएको हो।

दुर्घटनामा दुई रेल चालकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। प्रहरीका अनुसार दुर्घटना राति ३ बजेतिर बरहट प्रहरी चौकी क्षेत्र अन्तर्गत भोगनाडीह नजिकै भएको थियो। दुवै रेलहरू सरकारी विद्युत् कम्पनी एनटीपीसीका थिए।

दुर्घटना भएको ट्र्याक पनि एनटीपीसीको हो र यो ट्र्याक मुख्यतया पावर प्लान्टहरूमा कोइला ढुवानी गर्न प्रयोग गरिन्छ। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार