रेविका र दिनेशलाई झुक्किएर गोली लाग्यो

२०८१ चैत्र २१, बिहीबार

काठमाडौं : चैत १५ गते काठमाडौं तीनकुनेमा राजावादीले गरेको प्रदर्शनका क्रममा घर फर्किदै गरेका विद्यार्थी रेविका खत्री र दिनेश खत्रीमाथि झुक्किएर गोली लागेको प्रहरीले बताएको छ ।

बुधबार नेपाल प्रहरी क्लब भृकुटीमण्डपमा आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यले भने, ‘भाटभटेनी सुपरस्टोरमा भएको लुटपाट नियन्त्रणमा लिने क्रममा बल प्रयोग गर्दा त्यसको असर रेविका र उनका दाजुमाथि परेको हो । उहाँहरूलाई झुक्किएर गोली लागेको हुनुपर्छ ।’

प्रहरी प्रवक्ता आचार्यले लुटपाट भएसँगै नजिकै गाडीमा आगजनी भएका कारण स्थितिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको हुन सक्ने स्पष्टीकरण दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
1
+1
3
+1
0
+1
1
+1
2

ताजा समाचार