घाँटीमा मासु अड्किँदा एक जनाको मृत्यु

२०८१ चैत्र २३, शनिबार

अछाम : अछाममा घाँटीमा मासु अड्किएर एक जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार साँफेबगर नगरपालिका–५ नवाठानाका ४२ वर्षीय डम्मरबहादुर कुँवरको घाँटीमा मासु अड्किएर मृत्यु भएको हो । चैते दसैंका अवसरमा गाउँमा काटेको खसीको मासु घरमा ल्याएर पकाई खाने क्रममा मासु अड्किएर बेहोस भएपछि बयालपाटा अस्पतालमा उपचारका क्रममा आज १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको थप अनुसन्धान थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार