पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना

२०८१ चैत्र २६, मंगलवार

काठमाडौं : सहकारी ठगी प्रकरणमा भैरहवा कारागार, रुपन्देहीमा रहेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशी अस्पताल भर्ना भएका छन् ।

स्वास्थ्यमा समस्या भएपछि उनलाई कारागार प्रशासन अस्पताल लगेको हो । कारागार प्रशासन स्रोतका अनुसार उनलाई भैरहवाकै युनिभर्सल मेडिकल कलेजमा जाँचका लागि लगिएको छ । अहिले उनको स्वास्थ्य जाँच र उपचारको काम भइरहेको बताइएको छ । उनी पहिल्यैदेखि औषधि सेवन गर्दै आएको पनि कारागार प्रशासनले जनाएको छ । उनलाई कस्तो स्वास्थ्य समस्या हो भन्नेबारे केही खुलाइएको छैन ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उनलाई रुपेन्देही जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । त्यसपछि उनी भैरहवा कारागारमा बस्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार