तीनकुने घटनाप्रति पूर्वराजा ज्ञानेन्द्रले गरे दु:ख व्यक्त

२०८१ चैत्र ३१, आईतवार

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुनेको हिंसात्मक घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

नयाँ वर्ष २०८२ को अवसरमा आज भिडियो सन्देश जारी गर्दै उनले नेपाली जनतामा देश र भविष्यलाई लिएर जागरूकता तीनकुने घटनाप्रति दुःख व्यक्त गरेका हुन्। गणतन्त्रवादी नेताहरुले उनको धाराणा मागिरहेका बेला तीस दिनदेखिको मौनता तोड्दै शाहले मुख खोलेका हुन् ।

नयाँ वर्षको छेको पार्दै शाहले तयार पारेको १३ मिनेट लामो शुभकामना सन्देशमा उनले तीनकुनेको हिंसात्मक प्रदर्शनले दुःखि बनाएको उल्लेख गरेका छन् । उनले भने, ‘केही दिनअघि जनप्रदर्शनमा जुनप्रकारको हिंसा, आगजनी, तोडफोड भयो त्यसबाट जसप्रकारको मानवीय एवं भौतिक क्षति भयो, त्यो सुन्दा हामीलाई अत्यन्तै दुःख लागेको छ।’

फरक प्रसंगमा शाहले हरेक नयाँ वर्ष आशा बोकेर आउने गरे पनि चरम निराशा दिएर जाने गरेको धेरै समय भएको उल्लेख गरे । आफ्नो पक्षमा बढेको समर्थनप्रति लक्षित गर्दै शाहले देशको भविश्यलाई लिएर नागरिकमा जागरुकता पैदा हुनुलाई सकारात्मक रुपमा लिएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले केही समयअघि मात्र पूर्वराजाले चाहेका के हुन् ? भन्दै प्रश्न गरेका थिए । घुमाउरो शैलीमा त्यसको जवाफ दिँदै शाहले आफू संवैधानिक राजसंस्थामा विश्वास राख्ने र हरेक समस्याको समाधान संवादमार्फत गर्न सकिने भन्दै आफूलाई पनि ठाउँ दिन सन्देश दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार