श्रीमती बलात्कार अभियोग लागेका न्यायाधीश गिरीले पाए सफाइ

२०८२ बैशाख १, सोमबार

काठमाडौँ : आफ्नै श्रीमतीले बलात्कार लगायतका मुद्दा दायर गरेपछि थुनामा पुगेका एक न्यायाधीशलाई उच्च अदालत पाटनले अभियोग दावीबाट सफाइ दिएको छ ।

काठमाडौँ जिल्ला अदालतले अभियोग ठहर गरेर थुनामा पठाएको न्यायाधीश गिरीलाई उच्च अदालत पाटनले आज सफाइ दिएको हो । न्यायाधीशहरु लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको इजलासले गिरीलाई सफाइ दिएको अधिवक्ता बासु ज्ञवालीले जानकारी दिए ।

कपिलबस्तु जिल्ला न्यायधीश भएकै बेला पक्राउ परेका गिरीलाई श्रीमतीले बैवाहिक बलात्कारदेखि विभिन्न आरोप लगाएकी थिइन् । ईजालासमै बिष सेवन गर्ने देखि ईजलास प्रभाव पार्न अनेक हर्कत गर्ने उनकी श्रीमतीले ईगो साँधेको मुद्दामा जिकिर गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार