सरकार परिवर्तन बजार हल्ला मात्रै : एमाले

२०८२ बैशाख २, मंगलवार

काठमाडौं : सत्तारुढ नेकपा एमालेले अहिलेको सरकार परिवर्तन हुने सम्भावना नरहेको बताएको छ ।

सोमबार बसेको सचिवालय बैठकमा अहिले सरकार परिवर्तन हुने भन्ने बजार हल्लामा कुनै सत्यता नरहेको जानकारी गराइएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले वैशाख महिनाभित्र अहिलेको सरकार परिवर्तन हुने र अबको नेतृत्व नेपाली कांग्रेसले गर्ने बताउँदै आएका छन् ।

सचिवालय बैठकमा यसबारे छलफल भएको बताउँदै नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो राजनीतिक घटनाक्रम हुने सम्भावना नरहेको दाबी गरे । ज्ञवालीले भने – ‘असम्भव, निरर्थक र अलोकप्रिय विषय उठाउनुपर्ने कुनै कारण छैन । त्यस्ता कुनै राजनीतिक घटनाक्रमको कुनै पनि सम्भावना देख्दिनँ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार