आजदेखि सशस्त्र एआईजी चन्द्रप्रकाश गौतम अवकाशमा जाँदै

२०८२ बैशाख २, मंगलवार

काठमाडौँ : सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश (सिपी)गौतम आज रातिदेखि अनिवार्य अवकाशमा जाँदैछन् ।

सशस्त्र प्रहरी नियमावलीमा उल्लेख भएको ३० वर्षे सेवा अवधिका कारण उनी मंगलबार राति १२ बजेदेखि अनिवार्य अवकाशमा जान लागेका हुन् । अवकाशमा जान लागेका गौतमको आजै दिउँसो ३ बजे सशस्त्र प्रहरी हेडक्वाटरले बिदाइ समेत गर्दैछन् । उनी पछिल्लो समय सीमा सुरक्षा विभागको प्रमुखको रूपमा कार्यरत थिए ।

२०५२ वैशाख ३ मा उनी नेपाल आर्मीमा भर्ना भएका थिए । सशस्त्र प्रहरी गठन हुने भएपछि उनी २०५८ सालमा सशस्त्र प्रहरीमा स्थानान्तरण भएर आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार