काभ्रेको रोशीमा आगलागीमा परेका दुई बालबालिकाको उद्धार

२०८२ बैशाख ५, शुक्रबार

काठमाडौँ : काभ्रेको रोशी गाउँपालिका–१० पाखाटोलमा आगलागी हुँदा दुई जना बालबालिका घाइते भएका छन् । स्थानीय कुमार मगरको घरमा आगलागी हुँदा उनका ९ वर्षीया छोरी समीक्षा र ६ वर्षीय छोरा सक्षम घाइते भएका हुन् ।

आगलागीमा परेका बालबालिकालाई प्रहरीले उद्धार गरेको छ । इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर कृष्ण गिरी नेतृत्वको टोलीले घाइतेहरूलाई उद्धार गरेर काठमाडौँ पठाएको छ । बाबुआमा बारीमा काम गर्दै गर्दा आगो ताप्ने क्रममा बालबालिका घाइते भएका थिए । प्रहरीले आगो निभाएको छ । बालबालिकाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार