भारी वर्षाले चार तले भवन भत्कियो, ४ जनाको मृत्यु

२०८२ बैशाख ६, शनिबार

काठमाडौं : भारतको नयाँ दिल्लीस्थित मुस्तफावाद क्षेत्रमा चार तले भवन भत्किँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ । यो घटना शनिबार बिहान करिब २:३० बजे भएको हो ।

भग्नावशेषमा अझै १० जनाभन्दा बढी फसेको आशंका गरिएको छ। राष्ट्रिय आपदा मोचन बल र दिल्ली प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार कार्य जारी राखेको छ। डिभिजनल अग्नि नियन्त्रक राजेन्द्र अटवालले घटनाको पुष्टि गर्दै आफूहरूलाई बिहान करिब २:५० बजे घर भत्किएको जानकारी प्राप्त भएको बताए।

उनले भने, ‘जब हामी घटनास्थलमा पुग्यौँ, हामीले पूरै भवन भत्किएको र मानिसहरू भग्नावशेषमा फसेको पायौँ। प्रहरीसँगको सहकार्यमा उद्धार कार्य सुरु गरिएको छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार