काठमाडौं : शिक्षक आन्दोलनका कारण कक्षा १२ को परीक्षा १० दिनका लागि सरेको छ।
राष्ट्रिय परीक्षा बोर्डले वैशाख २१ गतेदेखि परीक्षा गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि परीक्षा सार्ने निर्णय भएको हो। यसअघि ११ वैशाखदेखि परीक्षा तालिका थियो। २१ गतेदेखि परीक्षा गर्ने गरी बुधबार सूचना प्रकाशन गरिने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।
अवस्था अप्ठेरो देखिएपछि परीक्षा सार्नुपर्यो, अबको परीक्षा २१ वैशाखदेखि हुन्छ,’ उनले भने, ‘मंगलबारै बोर्ड बैठक बसेर निर्णय भयो, सबै विद्यार्थीहरूमा जानकारी पनि गराइन्छ।’








