ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

२०८२ बैशाख १०, बुधबार

काठमाडौं : ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्तीमा परेका छन् ।

उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पदबाट बर्खास्त गरेका हुन् । स्रोतका अनुसार गृहमन्त्री रमेश लेखकले तामाङलाई बर्खास्तमा परेको टेलिफोनमार्फत् जानकारी गराएका छन् । मन्त्रिपरिषद्कै निर्णयविरुद्धमा पटकपटक अभिव्यक्ति दिएका तामाङलाई प्रधानमन्त्री ओलीले बर्खास्त गरेका हुन् ।

यसअघि सरकारले बर्खास्त गरेका नेपाल विद्युत प्राधिकरणका तत्कालीन प्रबन्ध निर्देशक कुलमान घिसिङको पक्षमा उनले सार्वजनिक अभिव्यक्ति दिएका थिए । घिसिङसँग मिलेर आफूले डेडिकेटेड र ट्रंक लाइन विवादमा रहेका उद्योगहरुको लाइन काट्दै हिँड्ने उनले बताएका थिए ।

राज्यमन्त्री तामाङ र घिसिङ दुवै रामेछाप जिल्लाका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार