मेयर अधिकारीविरुद्ध बलात्कार मुद्दा दर्ता

२०८२ बैशाख १२, शुक्रबार

काठमाडौं : सिन्धुलीको दूधौली नगरपालिकाका मेयर दिनेश अधिकारीविरुद्ध बलात्कार मुद्दामा जाहेरी परेको छ ।

जिल्लाकै एक महिलाले अधिकारीले आफूलाई बलात्कार गरेको भन्दै जाहेरी दिएकी हुन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख एसपी गोविन्द काफ्लेले मेयर अधिकारीविरुद्ध बिहीबार जाहेरी परेको जानकारी दिए । ‘जाहेरी दर्ता भएको छ, अब अनुसन्धान अघि बढाउँछौं,’ एसपी  काफ्लेले भने ।

पीडित महिलाले आफू बलात्कृत भएको र सन्तानसमेत जन्मिएको जाहेरीमा उल्लेख गरेकी छिन् । मेयर अधिकारी नेकपा माओवादी केन्द्रका नेता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

ताजा समाचार