काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुको आधारदरमा कमी आएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा २० वटा वाणिज्य बैंकहरुको आधारदरमा गिरावट आएको हो ।
कर्जा प्रदान गर्दा आधारदरमा प्रिमियमदर जोडिन्छ । प्रिमियमदर कर्जाको प्रकृति र बैंक हेरेर फरक पर्छ । आधारदर कम हुने बैंकको कर्जाको ब्याजदर सस्तो पर्न जान्छ । जसकारण ऋणीले बैंकको आधारदरलाई समेत हेरेर कर्जा लिने गर्छन् । बैंकले प्रिमियम परिवर्तन गर्न नपाउने व्यवस्था छ । आधारदर परिवर्तन भएको खण्डमा भने ऋणको ब्याजदर पनि परिवर्तन हुन्छ ।
चैत महिनामा सबैभन्दा कम आधारदर राष्ट्रिय वाणिज्य बैंक रहेको छ भने सबैभन्दा बढी एनआईसी एसिया बैंकको रहेको छ । राष्ट्रिय वाणिज्य बैंकको आधारदर ५.०२ प्रतिशत रहेको छ । गत वर्षको सोहि अवधिमा बैंकको आधारदर ७.३१ प्रतिशत रहेको थियो । नौ महिनामा सबैभन्दा उच्च आधारदर एनआईसी एशिया बैंकको ७.२० प्रतिशत रहेको छ । गत वषर्को सोहि अवधिमा बैंकको आधारदर ८.८६ प्रतिशत रहेको थियो ।
त्यस्तैगरी, स्टयान्डर्ड चार्टर्ड बैंकको आधारदर ५.०९ प्रतिशत रहँदा सिद्धार्थ बैंकको ६.४३ प्रतिशत रहेको छ । त्यस्तै, नेपाल एसबिआई बैंकको आधारदर ६.७३ प्रतिशत, सानिमा बैंकको ६.४३ प्रतिशत, प्रभु बैंकको ६.७३ प्रतिशत, प्राइम बैंकको ६.८२ प्रतिशत, एनएमबी बैंकको ६.४९ प्रतिशत, एनआईएमबी बैंकको ५.९९ प्रतिशत आधारदर रहेको छ ।
त्यस्तैगरी, नबिल बैंकको ५.९७ प्रतिशत, लक्ष्मी सनराईज बैंकको ६.७२ प्रतिशत, कुमारी बैंकको ६.७८ प्रतिशत, हिमालयन बैंकको ६.८० प्रतिशत, ग्लोबल आइएमी बैंकको ६.३८ प्रतिशत र एभरेष्ट बैंकको ५.६१ प्रतिशत आधारदर रहेको छ ।
सिटिजन्स बैंकको ६.६२ प्रतिशत, कृषि विकास बैंकको ६.०९ प्रतिशत, नेपाल बैंकको ५.९६ प्रतिशत र माच्छापूच्छे« बैंकको ६.५२ प्रतिशत आधारदर रहेको छ ।





