हतकडीसहित थुनुवा महिला फरार

२०८२ बैशाख १४, आईतवार

काठमाडौं : सरकारी वकिलको कार्यालय कैलालीबाट एक थुनुवा महिला हतकडीसहित फरार भएकी छन् ।

मानव बेचबिखन मुद्दामा पक्राउ परेकी ५० वर्षकी मिना शाही दमाई म्याथ थपका लागि सरकारी वकिलको कार्यालय पुर्याएका समय भागेकी हुन् । हतकडीसहित फरार भएकी उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

आफन्त नाता पर्ने बालिकालाई भारतमा बेचबिखन गरेको अभियोग लागेकी उनलाई इलाका प्रहरी कार्यालय टीकापुरको टोलीले पक्राउ गरेको थियो । म्याद थपका लागि पनि सोही कार्यालयले सरकारी वकिल कार्यालय पुगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार