पहिरोमा परी चार जनाको मृत्यु, १३ घाइते

२०८२ बैशाख १४, आईतवार

काठमाडौं : अल्जेरियाको पश्चिमी तटीय शहर ओरानमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका अधिकारीहरूले आइतबार बताएका छन् ।

नागरिक सुरक्षा एजेन्सीले शहरको हाई एसानौबार जिल्लामा शनिबार अबेर पहिरो गएको जनाएको छ । यसमा चार जना मृतकहरू पाँच देखि ४३ वर्ष उमेरका थिए । साथै, १२ देखि ७५ वर्ष उमेरका अन्य १३ जना पीडितहरूलाई विभिन्न चोटपटक लागेको बताएको छ । अधिकारीहरूले पहिरोको कारणबारे कुनै टिप्पणी गरेको छैन ।

गृह मन्त्रालयले पहिरोमा हालसम्म कोही नहराएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार