काठमाडौं : जारी शिक्षक आन्दोलनको समर्थनमा भोलि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल जाने भएका छन् ।
उक्त पार्टीका नेता जगन्नाथ खतिवडाले सामाजिक सन्जालबाट सो कुराको जानकारी गराएका हुन् ।उनले लेखेका छन्, ‘२६ दिनदेखि चलिरहेको शिक्षक आन्दोलनको समर्थनमा एक्यबद्धता जानाउन र सरकारले गरेको हेलचेक्र्याइ ,अपमान र दमनको बिरोध भोलि बैसाख १५ गते दिउँसो १२:३० बजे हामी अध्यक्ष्य क माधव नेपालको नेतृत्वमा बिजुलीबजार जानेछौ ।’






