शिक्षकहरू नाराबाजीमा उत्रिएपछि अपमानित भएर फर्किए माधव नेपाल

२०८२ बैशाख १५, सोमबार

काठमाडौँ : शिक्षक आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका पूर्व प्रधानमन्त्री फर्किएका छन् । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल आफ्नो मनत्व्य नराखी फर्किएका हुन् ।

शिक्षकहरूले उनीविरुद्ध नाराबाजी गरेपछि उनी अपमानजनक शैलीमा फर्किन बाध्य भएका हुन् । आन्दोलनमा समर्थन गर्दै भाषण गर्ने योजनासहित उनी त्यहाँ पुगेका थिए । तर, आन्दोलनरत शिक्षकहरूले राजनीति गर्न पाइँदैन भन्दै नाराबाजी गर्न थालेपछि उनी भाषण नगरी फर्किएका हुन् ।

‘कोही नेता यहाँ आउनुपर्दैन, सक्ने भए संसदमा बोल’ भन्दै शिक्षकहरूले नाराबाजी गरेका थिए । त्यसपछि प्रहरीले स्कर्टिङ गरेर गाडीसम्म पु¥याएको थियो । शिक्षकहरूले  ‘पञ्चायती ऐन खारेज गर, शिक्षा ऐन जारी गर जस्ता नाराबाजी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार