सानिमा रिलायन्स लगातार दोस्रो पटक ‘सी स्ट्राइक्स’ च्याम्पियन

२०८२ बैशाख १७, बुधबार

काठमाडौं : सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले तेस्रो संस्करणको “सी स्ट्राइक्स – कर्पोरेट महिला क्रिकेट” प्रतियोगिताको उपाधि जितेको छ ।

शनिबार खेलिएको फाइनलमा कम्पनीले सूर्य नेपाललाई २८ रनले पराजित गरेको हो । मुलकोटस्थित एक रिसोर्टमा पहिले ब्याटिङ गरेको सानिमा रिलायन्सले निर्धारित ५ ओभरमा ४ विकेट गुमाएर ६० रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको सूर्य नेपालले पूरै पाँच
ओभर खेलेर एक विकेटको क्षतिमा जम्मा ३२ रन जोड्न सक्यो ।

सानिमा रिलायन्सलाई लगातार दोस्रो पटक कर्पोरेट महिला क्रिकेटको उपाधि जिताउन कप्तान स्वस्तिका कार्कीको योगदान निकै नै महत्त्वपूर्ण रह्यो । सूर्य नेपाल विरुद्धको फाइनल खेलमा प्लेयर अफ दि म्याच घोषित कार्कीले प्लेयर अफ दि टुर्नामेन्ट अवार्ड पनि प्राप्त गरिन् । शनशनीपूर्ण प्रदर्शन गरेकी कार्कीले प्रतियोगिताभर कुल तीन पटक प्लेयर अफ दि म्याच अवार्ड प्राप्त गरिन्। यस्तै सानिमा रिलायन्सकी रक्षा रानाले पनि एक खेलमा प्लेयर अफ दि म्याच पुरस्कार प्राप्त गरिन् । प्रतियोगिताभरि सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी पनि सानिमा रिलायन्सकै कप्तान स्वस्तिका कार्की बनिन्

एन इभेन्टस्को आयोजना रहेको प्रतियोगिता वैशाख १२ देखि १३ गतेसम्म चलेको थियो । प्रतियोगितामा कुल ९ टिम सहभागी थिए भने प्रति पारी पाँच ओभर खेलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार