सुनको मूल्यमा भारी गिरावट

२०८२ बैशाख १८, बिहीबार

काठमाडौं : बिहीबार छापावाल सुनको मूल्य ४ हजार ६ सय रूपैयाँले घटेको छ ।

बुधबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८८ हजार १ सय रूपैयाँ कायम भएकोमा आज ४ हजार ६ सय रूपैयाँले घटेर १ लाख ८३ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ९६५ रूपैयाँ कायम भएकोमा आज ५० रूपैयाँले घटेर १ हजार ९१५ रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
2
+1
2
+1
0

ताजा समाचार