मन्त्रिपरिषद्‌ बैठक बस्दै

२०८२ बैशाख १९, शुक्रबार

काठमाडौं : आज बिहान मन्त्रिपरिषद्‌को बैठक बस्दैछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान १० बजे सिंहदरबारमा बस्नेगरि मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्। प्रधानमन्त्री ओलीको सचिवालयले दिएको जानकारीअनुसार आजै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजाको पनि सपथ हुँदैछ।

सरकारको सिफारिसमा गएको बुधबार राष्ट्रपति रामचन्द्र पौडेले गर्बुजालाई राज्यमन्त्री नियुक्त गरेका थिए। गर्बुजा म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार