काठमाडौं : नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ ।
बैठक दिउँसो १ बजे बस्ने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
बैठकमा संसदीय दलको बैठकमा राष्ट्रपतिले हिजो संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक विषयबारे छलफल गर्ने कार्यक्रम छ ।





