ऊर्जा राज्यमन्त्री गर्बुजाको शपथ आज

२०८२ बैशाख २१, आईतवार

काठमाडौं : नव नियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा खमबहादुर गर्बुजाको शपथ ग्रहण आज हुँदैछ।

गर्जुजाको शपथ ग्रहण गएको शुक्रबार नै गर्ने तयारी थियो। तर, त्यो दिन अचानक स्थगित भएको शपथ कार्यक्रम आज बिहान साढे ११ बजे सिंहदरबारमा हुने तय भएको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जनाएको छ।

सरकारको सिफारिसमा गतसाता राष्ट्रपति रामचन्द्र पौडेले गर्बुजालाई राज्यमन्त्री नियुक्त गरेका थिए। गर्बुजा म्याग्दीबाट निर्वाचित कांग्रेस सांसद हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार