आईएमई लाइफको नाफा ३६ करोड ६३ लाख

२०८२ बैशाख २१, आईतवार

काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ३६ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०.४९ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड १५ लाख रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीले ३ अर्ब ७३ करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा १३ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ३ अर्ब २९ करोड १५ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। चैत मसान्तसम्ममा कम्पनीले ३ अर्ब ६० करोड ३३ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यो गत आवको सोही अवधिको तुलनामा १५ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कम्पनीले ३ अर्ब ११ करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

कम्पनीको जीवन बीमाकोषको आकार ८ अर्ब ३७ करोड रुपैयाँबाट बढेर ११ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन ३ अर्ब ११ करोड ५६ लाख रुपैयाँबाट बढेर ३ अर्ब ६० करोड ३३ लाख रुपैयाँ पुगेको छ। गत वर्ष कम्पनीको कुल आम्दानी पनि ४ अर्ब १२ करोड २७ लाख रुपैयाँ रहेकोमा चालु आवमा बढेर ४ अर्ब ८२ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।

त्यसैगरि, कम्पनीको कुल खर्च पनि ३ अर्ब ७९ करोड ११ लाख रुपैयाँबाट बढेर ४ अर्ब ४६ करोड ३१ लाख रुपैयाँ पुगेको छ। ५ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको सेयर प्रिमियम ५२ करोड ३८ लाख रुपैयाँ, महाविपत्ति कोषमा करीब २३ करोड रुपैयाँ र जगेडा कोषमा साढे ४२ करोड रुपैयाँभन्दा बढी रकम रहेको छ।

समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ९.७७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३२.६७ रुपैयाँ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार