काठमाडौं : आइतबार छापावाल सुनको मूल्य ६ सय रूपैयाँले बढेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ८३ हजार ५ सय रूपैयाँ कायम भएकोमा आज ६ सय रूपैयाँले बढेर १ लाख ८४ हजार १ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ३० रूपैयाँ कायम भएकोमा आज २० रूपैयाँले घटेर १ हजार ९ सय १० रूपैयाँ कायम भएको छ ।





