आईपीएल : राजस्थान कोलकातासँग १ रनले पराजित

२०८२ बैशाख २१, आईतवार

काठमाडौं : कोलकाता नाइट्स राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सविरुद्ध एक रनको रोमाञ्चक जित निकालेको छ।आइतबार इडेन गार्डेन्डसमा घरेलु टोली कोलकाताले प्रस्तुत गरेको २०७ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभर नै ब्याटिङ गरे पनि २०५ रन बनाए ।

राजस्थानका लागि कप्तान रियान परागले ४५ बलमा आठ छक्का र ६ चौकाको मद्दतले सर्वाधिक ९५ रनको योगदान गरे । यसैगरी यशस्वी जैसवालले ३४, सिम्रन हेटमायरले २९, शुभम दुवेले अविजित २५ र  जोफ्रा आर्चरले १२ रन बनाए । कोलकाताका लागि मोइन अली, सुनिल नारायण र वरुण चक्रवर्तीले समान दुई तथा वैभव अरोराले एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको कोलकाताले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै २०६ रनको योगफल तयार पारेको थियो ।कोलकाताका लागि आन्द्रे रसेलले २५ बलमा ६ छक्का र चार चौकाको मद्दतले अविजित ५७ रनको योगदान गरे । यसैगरी अंगक्रिश रधुवंशीले ४४, रहमनुल्लाह गुर्बाजले ३५, कप्तान अजिंक्य रहाणेले ३०, रिन्कु सिंहले अविजित १९ र सुनिल नारायणले ११ रन बनाए ।

चौथो विकेटका लागि आन्द्रे र अंगक्रिशले ६१ तथा दोस्रो विकेटका लागि अजिंक्य र रहमनुल्लाहले ५६ रनको साझेदारी गरेका थिए । राजस्थानका लागि जोफ्रा आर्चर, युदवीर सिंह, महेश तिक्क्षणा र कप्तान रियान परागले समान एक विकेट लिए ।

जितसँगै ११ खेलमा ११ अंक जोडेको कोलकाता छैटौँ स्थानमा छ । पराजित राजस्थान १२ खेलबाट ६ अंकका साथ आठौँ स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार