सरकार रवि लामिछाने थुन्नमै व्यस्त छ : कार्यवाहक सभापति अर्याल

२०८२ बैशाख २१, आईतवार

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सरकार पार्टी सभापति रवि लामिछाने थुन्नमै व्यस्त रहेको टिप्पणी गरेका छन्।

आज भारतमा पार्टीको राष्ट्रिय समिति (सम्पर्क मञ्च) गठन गर्दै अर्यालले यस्तो बताएका हुन्। ‘नेपालमा सरकार छ तर, त्यस्तै छ। उसलाई मन नपरिरहेको मान्छे समातिरहेको छ, मुख बन्द गरिरहेको छ। सरकार हो वा राणा शासन, त्यो शासकको काम गरिरहेको छ। दुईवटा ठूला दलहरूले गठन गरेको सरकार रवि लामिछानेलाई थुन्न, कुलमान घिसिङहरूलाई जागिरबाट बर्खास्त गर्न, काम गर्छु भनेर आएका युवाहरूलाई काम गर्न नदिनमै व्यस्त छ,’ उनले भने।

उनले आफ्नो पार्टीलाई जनताको बीचमा अलोकप्रिय बनाउन प्रयासहरू भइरहेको बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार