हेटौँडामा जमिनमुनि भासिएको गाडी फेला परेन, खोजी कार्य नै स्थगित

२०८२ बैशाख २४, बुधबार

काठमाडौं : मकवानपुरको हेटौँडा उपमहानगरपालिका गैरीगाउँमा गत शुक्रबार जमिन भासिँदा बेपत्ता भएको बोलेरो भ्यान फेला नपरेपछि खोजी कार्य तत्कालका लागि स्थगित गरिएको छ।

गत शुक्रबार दिउँसो करिब १ बजे जमिन भासिएर गाडी बेपत्ता भएपछि प्रहरी र स्थानीयले तीन दिनसम्म खोजी गरेका थिए। गाडी नभेटिएपछि हेटौंडा उपमहानगरपालिकाको आग्रहमा खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद् नारायण अधिकारीको नेतृत्वमा टोलीले मङ्गलबारदेखि स्थलगत अध्ययन सुरु गरेको थियो।

बुधबार दिउँसोसम्म अध्ययन गरे पनि गाडी दबिएको क्षेत्र वरपरको जमिन थप भासिन थालेपछि सुरक्षा जोखिमका कारण खोजी कार्य रोकिएको अधिकारीले जानकारी दिए।

अध्ययनका क्रममा भूगर्भविद् टोलीले धातु पत्ता लगाउने उपकरणमार्फत जमिनको भित्री सतहको जाँच र ८ मिटर गहिराइसम्म माटोको परीक्षण गरेको थियो। “अहिलेसम्मको अध्ययन र तथ्यका आधारमा प्रतिवेदन तयार पार्छौँ,” अधिकारीले भने। टोली काठमाडौँ फर्कने तयारीमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार