काठमाडौं : ललितपुर महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ। यही वैशाख १८ गतेको नगर कार्यपालिकाको बैठकको निर्णयानुसार आज स्थानीय बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले जानकारी दिएकी छन् ।
रातो मच्छिन्द्रनाथ रथजात्राको रथ तान्ने अवसरमा महानगरपालिका र मातहतका कार्यालयमा स्थानीय बिदा दिइएको उनले बताएकी छन् । रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा शुक्रबार लगनखेलमा नरिवल खसाल्ने शुभ मुहूर्त रहेकोले महानगरले उक्त कार्यक्रममा सहभागी हुन नगरवासीलाई आह्वान समेत गरेको छ ।






