काठमाडौं : प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे बैठक बस्ने छ। आजको बैठकमा केपी ओली नेतृत्वको सरकार ल्याएको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथि छलफल हुनेछ ।
गत वैशाख २२ गतेदेखि निरन्तर सरकारको नीति तथा कार्यक्रममाथि छलफल चलिरहेको छ।





