घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

२०८२ बैशाख २६, शुक्रबार

काठमाडौं : शुक्रबार छापावाल सुनको मूल्य १४ सय रूपैयाँले घटेको छ ।

बिहीबार, छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९२ हजार २ सय रूपैयाँ कायम भएकोमा आज १ हजार ४ सय रूपैयाँले घटेर १ लाख ९० हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ५५ रूपैयाँ कायम भएकोमा आज ५ रूपैयाँले बढेर १ हजार ९ सय ६० रूपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार